सर्भरमा समस्यापछि नागरिकता सेवा ठप्प
जनकपुर । ‘सर्भर’ ले काम गर्न छोडेपछि सर्लाहीमा सोमबार नयाँ र प्रतिलिपि नागरिकता जारी गर्ने सेवा ठप्प भएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले केन्द्रबाटै सर्भरमा समस्या आएपछि जिल्लाभरि नागरिकता सम्बन्धी सेवा ठप्प भएको जानकारी दिए।
उनका अनुसार सर्भरमा उत्पन्न प्राविधिक समस्या समाधानका लागि सम्बन्धित पक्षले हाल काम गरिरहेको छ। सर्भर बिग्रँदा जिल्ला प्रशासन कार्यालय तथा अन्य इलाका प्रशासन कार्यालयमा सेवा लिन पुगेका नागरिकहरू मारमा परेका छन्।
सर्भर समस्याका कारण सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयसँगै हरिवन र बरहथवा इलाका प्रशासन कार्यालयमा नागरिकतासम्बन्धी सेवा लिन आएका सेवाग्राही मारमा परेका छन्।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनका लागि सबै नागरिकता सम्बन्धी सेवा अवरुद्ध रहने जनाएको छ।
प्रजिअ कडरियाका अनुसार टाढाबाट आएका सेवाग्राही अनावश्यक रूपमा कुरेर बस्नु नपरोस् भनेर सूचना मार्फत जानकारी गराइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण