निर्माता संघको अध्यक्षमा उदय
मङ्गलबार, ०२ मङ्सिर २०८२, ०३ : २६
सारांश
- चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन्।
- १९ औं महाधिवेशनमा सुब्बाले सुनिलकुमार थापालाई पराजित गरे।
- महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरीलाई चयन गर्यो।
काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित गर्दै विजय भएका हुन् । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाएका थिए ।
महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।
९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।
निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण