शेख हसिनाका लागि १७ नोभेम्बर : ५८ वर्षअघि सुखद्, अहिले दुःखद्
सारांश
- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको कसुरमा अदालतले मृत्युदण्डको सजाय सुनायो।
- हसिनाले विद्यार्थी आन्दोलन दबाउने क्रममा १,४०० भन्दा बढीको हत्या गरेको आरोप लागेको थियो।
- १७ नोभेम्बरमा हसिनाको दाम्पत्य जीवन सुरु भएको थियो, तर सोही दिन उनलाई दुःखद् खबर मिल्यो।
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका लागि १७ नोभेम्बरका दिन सुखद् र दुःखद् दुवै अनुभूतिको मिश्रण बनेको छ ।
१७ नोभेम्बर २०२५ का दिन अर्थात् हिजो (सोमबार) हसिनालाई बंगलादेशकै एक अदालतले मानवताविरुद्धको कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलन निर्ममतापूर्वक दबाउने क्रममा एक हजार चार सयभन्दा बढी मानिसको हत्या गरेको आरोप उनीमाथि लागेको थियो ।
सोही प्रकरणमा सुनुवाइ गर्दै अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
५८ वर्ष अघि १७ नोभेम्बरकै दिन हसिनाले दाम्पत्य जीवन सुरु गरेकी थिइन् । १७ नोभेम्बर १९६७ का दिन हसिनाले डा. एम ए वाजेद मियासँग विवाह गरेकी थिइन् । हसिनाका पति अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त परमाणु वैज्ञानिक थिए । हसिनाका पति मियाको ९ मे २००९ मा निधन भएको थियो ।
हसिना हाल भारतमा बस्दै आएकी छन् । उनले आईसीटीले आफूविरुद्ध सुनाएको फैसलालाई पूर्वाग्रही र राजनीतिक प्रतिशोधपूर्व रहेको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण