नेप्सेमा १५ अङ्कको सुधार, कारोबार ४ अर्ब नाघ्यो
काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार आएको छ ।
मंगलबार बजार १५.७० अङ्कले वृद्धि भई २,५६६.०७ विन्दुमा पुगेर बन्द भएको हो । बजारमा आज कुल ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज बजारमा कुल ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर कारोबार भएको र जम्मा ५५ हजार २७७ वटा कारोबार सम्पन्न भएका छन् ।
आज कारोबारमा आएका कम्पनीमध्ये २०७ कम्पनीको मूल्य बढेको छ । ४४ कम्पनीको मूल्य घट्दा बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
१३ उपसूचकमध्ये सबै समूहमा आज सुधार आएको छ । विकास बैंक, होटल र लगानी समूहको मूल्यमा १ प्रतिशत भन्दा धेरै सुधार आएको छ ।
आज बजारमा सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुँगल हाइड्रो, झापा इनर्जी र बन्दीपूर केबलकारको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज साहस अग्रस्थानमा रह्यो । जसको २२ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
त्यसैगरी वरुण हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल पनि शीर्ष कारोबारकर्ताको सूचीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण