अपडेट
१ लाख घुससहित नापी सर्भेक्षक अख्तियारको फन्दामा, कार्यालय सहयोगी पनि समातिए
मङ्गलबार, ०२ मङ्सिर २०८२, १७ : ०१
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट नापी कार्यालयका कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्।
- उनीहरूले जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएका थिए।
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट नापी कार्यालयका सर्भेक्षक र एक कार्यालय सहयोगीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नापी कार्यालय, पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्।
उनीहरूले छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा उक्त रकम माग गरेको आयोगले जनाएको छ।
सेवाग्राहीबाट घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका-३, आदर्शनगरस्थित नापी टोलीको कार्यालयबाटै रकमसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण