स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल बनाउँदै महानगर
सारांश
- काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया थालेको छ।
- पाठ्यक्रमलाई बालमैत्री बनाउँदै सिकाइ विधिलाई ध्यान दिनुपर्ने उपप्रमुख डङ्गोलले बताइन्।
- स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा १ देखि ८ सम्म 'येँ देय् म्हसिके' पाठ्यपुस्तक पढाइ हुँदै आएको छ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ ।
महानगर शिक्षा विभागले विज्ञ समूह गठन गरेर प्रक्रिया अगाडि बढाएको हो । नेपाल भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा संशोधन तथा परिमार्जन समितिका पदाधिकारी तथा विषय विज्ञसँगको छलफलमा उपप्रमुख सुनिता डङ्गोलले सिकाइ विधिलाई निर्देशित गर्ने पाठ्यपुस्तकलाई बालमैत्री बनाउँदै लैजानुपर्ने बताइन् । उनले पाठ्यक्रम तर्जुमा गर्दा तथा पाठ्यपुस्तक पुनर्लेखन गर्दा त्यसको प्रभावकारितालाई ध्यान दिनुपर्नेमा जोड दिइन् ।
“स्थानीय भाषाको पठनपाठन थप पुस्तक पढाउन र परीक्षा लिनका लागि मात्र होइन, यसले पहिचान तथा रैथाने समुदायको मौलिकता र चिनारी पनि स्थापित गर्छ भन्ने हो । यो उद्देश्य पूरा गराउने गरी पाठ्यपुस्तक आवश्यक छ”, उनले भनिन्, “यसको प्रभावकारी शिक्षणका लागि संस्थागत विद्यालयमा नेपाल भाषा अध्यापन गर्ने शिक्षक/शिक्षिकाहरूलाई प्राथमिकतामा राखेर यसपछिको क्षमता विकास कार्यक्रम आयोजना गर्न ध्यान दिन आवश्यक छ ।”
सामुदायिक विद्यालयमा नेपाल भाषाका सहायक प्रशिक्षकहरूका लागि विभिन्न चरणमा तालिम दिइएकाले यस पटक संस्थागत विद्यालयका शिक्षक/शिक्षिकालाई प्राथमिकतामा राखेर तालिम दिनुपर्नेमा उपप्रमुख डङ्गोलको जोड छ ।
महानगरपालिकाले स्थानीय पाठ्यक्रम तर्जुमा गर्ने क्रममा कक्षा १ देखि ८ सम्म नेपाल भाषाको ‘येँ देय् म्हसिके’अर्थात् ‘काठमाडौँलाई चिनौँ’ पाठ्यपुस्तक पढाइरहेको छ । यससँगै तामाङ भाषाको पाठ्यपुस्तक पनि कार्यान्वयनमा छ ।
यी विषयका परीक्षामा कक्षा ४ र ५ मा ७५ अङ्कको अभ्यास र २५ अङ्कको सैद्धान्तिक मूल्याङ्कन हुने गरेको छ । कक्षा ६, ७ र ८ मा भने ५० अङ्कको अभ्यास र ५० अङ्कको सैद्धान्तिक मूल्याङ्कन गर्ने गरिएको छ ।
स्थानीय पाठ्यपुस्तकका पाठहरूमा मौलिक नाम, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, जात्रा, चाडपर्व, संस्कार संस्कृतिलाई चिनाउने चित्र र सङ्केत राखिएका छन् । काठमाडौँका प्रमुख जाति नेवारको जनजीवन, कला, सीप, कौशल, व्यवसाय, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय बोल्ने भाषा, लेख्ने लिपि, परम्परागत खेलजस्ता कुरा विषयवस्तुको रूपमा राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण