विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
सारांश
- ललितपुर, मोरङ, सर्लाही र धादिङमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
- ललितपुरमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- मोरङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ भने, सर्लाही र धादिङमा कार र मोटरसाइकलको ठक्करबाट एक/एक जनाको मृत्यु भएको छ।
काठमाडौँ । विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । ललितपुर,मोरङ,सर्लाही लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।
ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीस्थित सडकमा बाग्मती प्रदेश–०१–००४ क १७१४ नम्बरको टिपरको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ३१ वर्षीय सञ्जीव रानाको मृत्यु भएको हो । मगरको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङको रंगेली नगरपालिका–७ स्थित बक्राहास्थित सडकमा को–२ त ४०९५ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार भारत कल्यागञ्ज बस्ने ४० वर्षीय संजित महतोको मृत्यु भएको छ ।
ट्याक्टरबाट झर्ने क्रममा सोही ट्याक्टरले किचेर गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता सर्लाहीको बागमती नगरपालिका–११ स्थित रायमाझी चोकस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–४ पर्साई टोल बस्ने ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको छ । उक्त कारले मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल वीरगन्जमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै धादिङको निलकण्ठ नगरपालिका–३ धादिङवेशीस्थित सडकमा बा। ८६ प ७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही नगरपालिका-१२ साङकोष बस्ने ७५ वर्षीय भोज नारायण श्रेष्ठको गएराति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धादिङवेशी हुँदै थप उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण