अपडेट
बाराको तनावपछि काठमाडौँबाट विमान उड्न सकेन
बुधबार, ०३ मङ्सिर २०८२, १२ : १९
सारांश
- बारामा जेनजीले एमाले नेता महेश बस्नेतको विरोध गरेपछि काठमाडौंको उडान प्रभावित भयो।
- सिमरा विमानस्थलमा प्रदर्शनका कारण यात्रुहरूलाई ओरालिएको थियो।
- विमानमा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत लगायतका नेताहरू सवार थिए।
काठमाडौँ । एमाले नेता महेश बस्नेतलाई अवरोध गर्न बारामा जेनजीले प्रदर्शन गरेपछि काठमाडौँमा उडान प्रभावित भएको छ । विरोधका कारण सिमरा जाने विमानको उडान रोकिएको हो ।
सिमरा विमानस्थलमा प्रदर्शन भएको भन्दै यात्रुलाई ओरालिएको एक यात्रु राजन कुइँकेलले जानकारी दिए ।
उक्त विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतका नेता रहेको र उनीहरूकै विरोधमा सिमरामा प्रदर्शन भएकोले उडान रोकिएको हो ।
बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण