अपडेट
महेश बस्नेतको नाममा बारामा तनाव, प्रहरी र जेनजीबिच झडप
बुधबार, ०३ मङ्सिर २०८२, १२ : ०१
सारांश
- एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा जेनजी र प्रहरीबीच झडप भयो।
- बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुन आउने भएपछि जेनजीले विरोध गरेका थिए।
- विमानस्थलमा अहिले जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह परिचालन गरिएको छ।
बारा । नेकपा एमाले नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप भएको छ ।
बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका थिए ।
सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा दुई पक्षबिच झडप भएको हो ।
अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटाइएको छ । नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा छन् । उनीहरूलाई पनि प्रहरीले सुरक्षा दिएर राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण