लहानमा ‘स्वच्छता अभियान’ सुरु
सारांश
- लहान नगरपालिकाले दिगो सरसफाइका लागि 'घर–घरको शान, स्वच्छता अभियान–२०८२' सुरु गरेको छ।
- नगर प्रमुखका अनुसार लहानमा अझै चार हजारभन्दा बढी घरपरिवार शौचालयविहीन छन् र स्वच्छता सुधारलाई प्राथमिकता दिइनेछ।
- अभियानले दलित, भूमिहीन, गरिब र बाढी प्रभावित बस्तीमा सरसफाइको अवस्था सुधार गर्ने लक्ष्य राखेको छ।
सिराहा । यहाँको लहान नगरपालिकाले दिगो सरसफाइको उद्देश्यसहित ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेको छ ।
विश्व शौचालय दिवसका अवसरमा आज पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहमा नगरप्रमुख महेशप्रसाद चौधरीले अभियानको उद्घाटन गर्दै स्वच्छता सुधारलाई अबको मुख्य प्राथमिकताका रूपमा अघि बढाइने घोषणा गरे ।
नगर प्रमुख चौधरीका अनुसार सात वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको लहानमा अझै पनि चार हजारभन्दा बढी घरपरिवार शौचालयविहीन रहेका छन् । उनले भने, ‘अब कागजमा मात्रै होइन, घरघरको वास्तविक अवस्था परिवर्तन गर्ने बेला आएको छ । त्यसको लागि हामीले स्वच्छता महाअभियानको सुरुवात गरेका छौँ ।’
नगरपालिकाले गरेको प्रारम्भिक विश्लेषणअनुसार दलित, भूमिहीन, गरिब तथा बाढी–जोखिमयुक्त बस्तीहरूमा सरसफाइ समस्या अझै गम्भीर देखिएको छ ।
दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, सुरक्षित खानेपानीको कमी तथा नियमित मर्मत सम्भार नहुनुजस्ता कारणले नगरको समग्र स्वच्छता स्तर कमजोर भएको जनाइएको छ ।
यस्तै, भूमिहीन सुकुम्वासी परिवारका लागि उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापन पूर्व स्थानान्तरण प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि नगरप्रमुख चौधरीले व्यक्त गरे । अभियानका क्रममा नगरपालिका, जनप्रतिनिधि, सामाजिक परिचालक, समुदायका संस्था, विद्यालय तथा युवा समूहको सहकार्यमा तीन महिनासम्म घरघरमै पुगेर प्रत्यक्ष अनुगमन गर्ने तयारी गरिएको छ ।
नगरपालिकाले आगामी दुई वर्षमा लहानलाई पुनः पूर्ण खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको छ । नगरप्रमुख चौधरीले नगरवासीको सक्रिय सहभागिताकै माध्यमबाट स्वच्छता सुधार सम्भव हुने उल्लेख गर्दै भने, ‘शौचालय हुनु केवल सुविधा मात्र होइन, स्वास्थ्य र सम्मान दुवै हो ।’
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण