दीपिकाले ८ घन्टे सिफ्ट भनिरहँदा रणवीर गर्छन् दैनिक १८ घन्टा काम
नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण ८ घण्टे वर्क सिफ्टका कारण चर्चामा छिन् ।
आफू आमा बनेपछि उनले बारम्बार यसबारे वकालत गरिरहेकी छन् । यसै क्रममा उनले ठुला बजेटको दुई फिल्मसमेत गुमाउनुपर्यो । काममा कुनै समय सीमा हुनु हुँदैन भन्नेहरू त छँदै छन् तर केही फिल्म स्टारहरूले दीपिकाको विचारलाई समर्थन पनि गरेका छन् । रोचकचाहिँ के छ भने दीपिकाकै पति अभिनेता रणवीर सिंहले आफ्नो आगामी फिल्म 'धुरन्धर'का लागि दैनिक १६–१८ घण्टा काम गरिरहेका छन् ।
मंगलबार रणवीरको आगामी फिल्म 'धुरन्धर'का लागि मुम्बईमा ट्रेलर लन्च कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रममा यस फिल्मका निर्माता र स्टार कास्ट पनि उपस्थित थिए । कार्यक्रममा, फिल्मका निर्देशक आदित्य धरले फिल्मका कलाकारहरूको वर्किङ सिफ्टबारे कुरा गरे । ‘हामीले डेढ वर्षदेखि दैनिक १६ देखि १८ घण्टा काम गरिरहेका छौँ । तर कसैले पनि कामको बोझबारे गुनासो गरेनन् । रणवीर सिंहलगायत सबैले आफ्नो शतप्रतिशत दिएका छन्,’ धारले भने । यसले 'धुरन्धर'का लागि रणवीरले दिलोज्यानले मेहनत गरेको देखाउँछ ।
रणवीरकी श्रीमती तथा अभिनेत्री दीपिका पादुकोणले ८ घण्टे वर्किङ सिफ्टको वकालत गरिरहँदा रणवीरले नै यो कुरा मानिरहेका छैनन् । फिल्मका निर्देशक आदित्य धरको भनाइ सुन्दा रणवीरको लागि काम गर्ने निश्चित समय नभएको थाहा हुन्छ । 'धुरन्धर' २०२५ को डिसेम्बर ५ मा रिलिज हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण