शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मङ्सिर २६ गतेबाट प्रदर्शनमा आउँदै ‘लोकन्ती’

बिहीबार, ०४ मङ्सिर २०८२, ०३ : ५३
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • कृशन फिल्मसको ब्यानरमा निर्माण भएको नेपाली कथानक फिल्म 'लोकन्ती' मङ्सिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
  • फिल्ममा एसराज गराच मुख्य भूमिकामा छन् भने यसले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।
  • रञ्जित रानाको निर्देशन रहेको फिल्ममा ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । कृशन फिल्मसको ब्यानरमा निर्माण भएको नेपाली कथानक फिल्म ‘लोकन्ती’ यही मङ्सिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ। फिल्मको प्रदर्शन मितिसँगै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। 

परिवार, प्रेम, सङ्घर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको फिल्मलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेस गरेका छन्।

फिल्ममा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदै छन्। काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेसनमा छायाङ्कन गरिएको लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।

फिल्मका निर्माता सन्तोष न्यौपाने हुन्। एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात  लगायत कलाकारहरूको मुख्य भूमिका छ। यसै फिल्ममा मार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। 

सङ्गीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा रहेका छन्। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप