कैलाली अदालत आगजनीको आरोपमा तीन युवा पक्राउ
सारांश
- कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा आशिष भण्डारी, अमन केसी र भरत बम रहेका छन्, उनीहरूलाई धनगढीबाट पक्राउ गरिएको हो।
- भदौ २४ गतेको आन्दोलनमा अदालत परिसरमा आगजनी र तोडफोड भएको थियो, जसबाट ठूलो क्षति पुगेको थियो।
धनगढी । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ बाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी–३ बस्दै आएका २४ वर्षीय भरत बम रहेका छन्। कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए।
उनका अनुसार, भदौ २४ गतेको आन्दोलनमा अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, मुद्दाका सक्कल मिसिल, कम्प्युटर लगायतका सूचना प्रविधि उपकरणमा आगजनी र तोडफोड भएको थियो।
सोही घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले जानकारी दिए। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ।
भदौ २४ गतेको आगजनीबाट कैलाली जिल्ला अदालतमा ठुलो क्षति पुगेको थियो।
अदालतका अनुसार, आगजनीमा २००७ सालदेखिका ३० हजारभन्दा बढी मुद्दाका मिसिल जलेर नष्ट भएका छन्। अदालतमा भएको आगजनी र तोडफोडबाट करिब ११ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण