प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
सारांश
- भारत सरकारको आर्थिक सहयोगमा प्युठानको विद्यालय भवन र छात्रावासको उद्घाटन गरियो।
- उद्घाटन समारोहमा भारतीय राजदूतावासका अधिकारी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
- नयाँ संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरणमा सुधार गर्ने विश्वास व्यक्त गरिएको छ।
काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा प्युठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयमा निर्माण भएका नयाँ विद्यालय भवन तथा छात्रावास संरचनाको एक समारोहबिच उद्घाटन गरिएको छ।
भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर गीताञ्जली ब्रैंडन तथा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् । समारोहमा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, स्थानीय समुदाय, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोगबाट विद्यालय भवन, छात्रावास तथा अन्य सहायक संरचना निर्माण गरिएको हो। परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।
दाङवाङ माध्यमिक विद्यालय प्युठानको ग्रामीण भेगमा अवस्थित अग्रणी सामुदायिक विद्यालयमध्ये एक मानिन्छ, जहाँ ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म २३४ विद्यार्थी अध्ययनरत छन्, जसमा करिब ६० प्रतिशत छात्रा रहेको विद्यालयले जनाएको छ।
समारोहका वक्ताहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको दीर्घकालीन विकास सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ पूर्वाधारले विद्यार्थीहरूको सिकाइ वातावरण सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनीहरूका अनुसार, आधुनिक भवन र सुविधाले गुणस्तरीय शिक्षा सहज बनाउने मात्र होइन, यस क्षेत्रको समग्र शैक्षिक विकासमा पनि टेवा पुग्नेछ।
_b1Cuemkcfk.jpg)
भारत र नेपालबिचको छिमेकी सम्बन्ध, विकास साझेदारी र बहुक्षेत्रीय सहकार्यलाई झल्काउने यस परियोजनाले नेपाल सरकारका प्राथमिकता रहेको पूर्वाधार विकास तथा समृद्धि हासिल गर्ने अभियानलाई थप मजबुती प्रदान गरेको भारतीय पक्षको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण