बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अशोक स्टिलले प्राधिकरणलाई बुझायो डेडिकेटेड र ट्रङ्क लाइनको दोस्रो किस्ता

बिहीबार, ०४ मङ्सिर २०८२, १३ : २१
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • अशोक स्टिल इण्डष्ट्रिजले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको दोस्रो किस्ता रकम प्राधिकरणलाई बुझायो।
  • अशोक स्टिलले दोस्रो किस्ता वापत ६३ लाख रुपैयाँ बुझाएको छ, जसले १७ करोड ५८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ।
  • विवादित डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता रकम तिर्न बाँकी उद्योगहरुले किस्ता तिर्न सुरु गरेका छन्।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई बाराको सिमरामा सञ्चालित अशोक स्टिल इण्डष्ट्रिजले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको दोस्रो किस्ता रकम पनि बुझाएको छ । 

प्राधिकरणका अनुसार अशोक स्टिलले बिहीबार दोस्रो किस्ता वापतको ६३ लाख रुपैयाँ बुझाएको छ । १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको अशोक स्टिलले पनि पहिलो किस्ता ६३ लाख रुपैयाँ यसअघि नै बुझाएको थियो । 

लामो समय विवादित बन्दै आएको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बक्यौता रकम प्रायः सबै उद्योगले पहिलो किस्ता बुझाई सकेका छन् । तर अशोक स्टिलले भने दोस्रो किस्ता पनि बुझाएको छ । 

प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो । 

उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम बक्यौता २८ किस्ताको सुविधा दिएको छ । प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरिसकेको छ । ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप