२५ भाइका प्रतिनिधिसँग देउवाले भने– पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुस्
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन नेताहरूलाई आग्रह गरेका छन् । संस्थापन पक्षका २५ केन्द्रीय सदस्यका प्रतिनिधिहरूसँग बिहीबार भएको भेटमा देउवाले अहिलेको जटिल परिस्थितिमा पार्टीमा टुटफुट भएर होइन एकताबद्ध बनाएर अगाडि बढाउन आवश्यक रहेको बताएका हुन् ।
२५ केन्द्रीय सदस्यका तर्फबाट सभापति देउवालाई भेट्न केन्द्रीय सदस्यहरू उदय शमशेर राणा, पुष्पा भुसाल, योगेन्द्र चौधरी, दिलमान पाख्रिन र अब्दुल सतार देउवा निवासमा पुगेका थिए ।
उनीहरूसँग देउवाले आफूले पार्टीमा कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले एकताबद्ध निर्णय गर्न कार्यवाहक सभापतिलाई दबाब दिन आग्रह गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
त्यस्तै सभापति देउवाले गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै गोरूको बारै टक्का भनेझैँ अडान त्याग्नलाई दबाब दिन भनेको ती सदस्यले रातोपाटीलाई जानकारी दिए ।
नेताहरूसँगको भेटमा देउवाले बारा जिल्लाको सिमरामा बुधबारदेखि भइरहेको तनावले चिन्ताको विषय थपेको बताएका थिए ।२५ संस्थापन पक्ष केन्द्रीय सदस्यले आफूहरूका सात बुँदे माग केही दिन अगाडि केन्द्रीय कार्यालयमा दर्ता गराएका छन् ।
त्यसमा सरकारले आगामी फागुन २१ गतेका लागि तोकेको निर्वाचनभन्दा अगाडि पार्टीको महाधिवेशन को प्रक्रिया सुरु गर्नुपर्ने उल्लेख छ । त्यसबारे पनि नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण