बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँको सोह्रखुट्टेमा सवारी दुर्घटना, एक युवकको मृत्यु

बिहीबार, ०४ मङ्सिर २०८२, १९ : ३८
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • सोह्रखुट्टेस्थित कालधारामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुर्घटना भयो।
  • दुर्घटनामा १८ वर्षीय सजन रेग्मीको मृत्यु भयो।
  • प्रहरीले मोटरसाइकल र स्कुटर चालकलाई नियन्त्रणमा लियो।

काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप