मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जानकी मन्दिरलाई विवाह मण्डप जस्तै सिङ्गारियो

बिहीबार, ०४ मङ्सिर २०८२, २२ : ०३
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • जनकपुरमा सीताराम विवाह पञ्चमी महोत्सव सुरु भयो, तयारी पूरा भयो।
  • महोत्सवमा जानकी मन्दिरलाई सिङ्गारियो र सुरक्षा व्यवस्था कडा पारियो।
  • विभिन्न कार्यक्रमसहित महोत्सव हुने र सुरक्षाकर्मी परिचालन गरियो।

जनकपुर । धार्मिक तथा ऐतिहासिक महोत्सव बोकेको जनकपुरधाममा साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ।

 जानकी मन्दिरका उत्ताराधिकारी रामरोसन दासका अनुसार विगत वर्ष जस्तै यस वर्ष जानकी मन्दिरलाई विवाह मण्डप जस्तै सिङ्गारिएको छ। साथै सुरक्षा व्यवस्था कडा पारिएको छ। जानकी मन्दिरको सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च तयारीदेखि सांस्कृतिक कार्यक्रमका संरचनासम्म मन्दिर व्यवस्थापनले साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको तयारी पूरा गरेको उनले बताए।

साथै साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाम नगरदर्शन, शुक्रबार फूलवारी लिला, शनिबार धनुषा यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाह र बुधबार रामकलेवा हुँदै समापन हुने कार्यक्रम तालिका जानकी मन्दिरले सार्वजनिक गरेको छ। भारतको बिहार, उतरप्रदेश, राजस्थानसहित नेपालको सात प्रदेशका हिन्दू धर्मालम्बीहरु दर्शनका लागि आउने गरेको रामरोसन दासले बताए।

विवाह पञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी एक हजार ७५० सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप