ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु भएपछि चालक फरार
सारांश
- सर्लाहीको हरिपुर्वामा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
- दुर्घटनामा ट्रलीबाट खसेर घाइते भएका बालकलाई अस्पताल लैजाँदा मृत्यु भयो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र फरार चालकको खोजी भइरहेको छ।
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
साँझ करिब ७ः३० बजे नाअप ३७८ नम्बरको ट्र्याक्टर पार्किङ गर्ने क्रममा ट्रलीमा सवार अन्दाजी ४ देखि ५ वर्षका आर्यन राय ट्रलीबाट खसेर गम्भीर घाइते भएका थिए ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी पर्सा सर्लाहीबाट प्रहरी नायब निरीक्षक शम्भु यादवको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली करिब ७ः ४५ बजे घटनास्थल पुगेर गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।
प्रहरीका अनुसार घाइते बालकलाई अस्पताल पुर्याई उपचार गर्ने क्रममा साँझ करिब ८ः ४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक राम प्रवेश रायका छोरा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्र्याक्टर घटनास्थलमै फेला परे पनि चालक भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । ट्र्याक्टर नियन्त्रणमा लिई कार्यालयमा ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण