‘किन लाग्छ माया’ को फस्टलुक रिलिज, चैत्र ६ बाट हलमा लाग्ने
सारांश
- एस एण्ड एस प्रोडक्सनको चलचित्र 'किन लाग्छ माया' चैत्र ६ गतेबाट प्रदर्शन हुने भएको छ।
- चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत लगायत देख्न सकिन्छ।
- कुवेर तामाङको निर्देशनमा बनेको फिल्ममा सेडो रियलको डेब्यु र विवाहपछिको प्रेम कथा छ।
काठमाडौँ । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘किन लाग्छ माया’ यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ ।
प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले चलचित्रको पहिलो लुक सार्वजनिक गरेको हो । सार्वजनिक फस्टलुकमा चलचित्रका मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ ।
सन्जीत भण्डारी र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा तयार भएको चलचित्रमा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी,निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा,रामजी लमसॉल र प्रज्ञान खड्का लगायत कलाकारहरूको अभिनय छ ।
बालकलाकारमा आराध्या राज्यलक्ष्मी बी।सी।, विनायक सुनुवार र सुरित पूढासैनीको फिल्ममा अभिनय छ । म्युजिक भिडियोमा निरन्तर रूपमा काम गर्दै आएका कलाकार सेडो रियल यो फिल्मबाट डेब्यू गर्दैछन् ।
फिल्मको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने फिल्मकोे पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका छन् ।
चलचित्रमा एक्सन राजेन्द्र खड्गी, छायांकन रामशरण उप्रेती, संगीत पुस्कर सुनुवार र राजेन्द्र बजगाईँ, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा, अभि वाग्लेको छ भने फिल्मका सम्पादक टेकेन्द्र शाह हुन् । फिल्मको पोस्टर राकेश दाहालले तयार पारेका हुन् । विवाहपछि श्रीमान–श्रीमतीबीच विकसित हुने प्रेमलाई बताउनेछ । पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण