नेपाल ओलम्पिक कमिटी र हेल्थ कन्सर्नका प्रतिनिधिबिच भेटघाट
सारांश
- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ)को परियोजनाको दोस्रो चरणको प्रगतिबारे एनओसीले छलफल गर्यो।
- खेलकुदमार्फत स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यका साथ, एनओसीले हेल्थ कन्सर्नका प्रतिनिधिसँग योजना र समन्वयबारे छलफल गर्यो।
- बागमती प्रदेशका चार जिल्लाहरूमा यो परियोजना सञ्चालन हुनेछ, जसलाई आइओसी र डब्ल्यूएचओले आर्थिक सहयोग गर्नेछन्।
काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ)द्वारा संयुक्तरुपमा रूपमा हुन लागेको परियोजनाको दोस्रो चरणको प्रगतिबारे बुझ्नका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले हेल्थ कन्सर्नका प्रतिनिधिसँग भेटघाट गरेको छ । खेलकुदमार्फत स्वास्थ्य प्रवर्धन गर्नु सो परियोजनाको उद्देश्य हो ।
एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा सचिव रमेश सिवाकोटीले हेल्थ कन्सर्नका प्रोग्राम म्यानेजर राजेन्द्र थापा तथा एड्मिन–फिनान्स अफिसर ममता पौडेलसँग सो परियोजना कार्यान्वयका लागि योजना र समन्वयबारेमा छलफल गरेका थिए । यसअघि एनओसीले स्वास्थ्यसम्बन्धी काम गर्ने संस्था पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिसँग पहिलो चरणको काम र प्रगतिबारे पनि समीक्षा गरेको थियो ।
खेलकुद र स्वास्थ्य परियोजनाको समन्वयका लागि एनओसीसँगको सहकार्यमा पाथलाई जिम्मेवारी दिइएको हो । हेल्थ कन्सर्नले यससम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन गरिरहेको छ । हेल्थ कन्सर्न बोलकबोल प्रक्रियामार्फत् यो परियोजनामा काम गर्न चयन भएको थियो । यो परियोजनालाई आइओसी र डब्ल्यूएनओको आर्थिक सहयोग रहेको छ ।
नेपालमा बागमती प्रदेशको खेलकुद तथा स्वास्थ्य मन्त्रालयले चार जिल्ला चितवन, ललितपुर, मकवानपुर र नुवाकोटलाई यो परियोजनाका लागि चयन गरेको हो । आइओसी र डब्ल्यूएचओले पहिलो चरणमा नेपाललगायत भियतनाम, पेरु, तान्जानिया र घाना गरी पाँच देशलाई यो परियोजना प्रदान गरेको थियो । आइओसीले दोस्रो चरणमा नेपाल पुनः चयन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण