पृथ्वी राजमार्गको विकल्प मानिएको बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा
शुक्रबार, ०५ मङ्सिर २०८२, ०८ : २४
सारांश
- बुद्धसिंह मार्गको निर्माणमा ४० प्रतिशत भौतिक प्रगति भएको छ ।
- चालु आर्थिक वर्षमा १० किलोमिटर सडक पक्की बनाइने योजना छ ।
- सडक निर्माणका लागि ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपैयाँ विनियोजन गरिएको छ ।
तनहुँ । पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ ।
पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ । एक किमी ढलान गरिने छ ।
हालसम्म ५०० मिटर ढलान भइसकेको छ । सडक दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुनेछ । सङ्घीय सरकारबाट बहुवर्षीय यो सडक निर्माणका लागि रु ३४ करोड २७ लाख ५४ हजार ५६१ विनियोजन भएको छ । वर्षाको पानी निकासका निम्ति नाला निर्माण, ‘स्ट्रक्चर’ र ‘सबग्रेडिङ’लगायत काम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण