एनपीएलमा पार्किङ शुल्क उठाएकोप्रति बोल्यो त्रिभुवन विश्वविद्यालय
सारांश
- त्रिभुवन विश्वविद्यालयले एनपीएल खेल हेर्न आएका दर्शकबाट पार्किङ शुल्क उठाएको विषयमा ध्यानाकर्षण जनाएको छ।
- विश्वविद्यालयले पार्किङ शुल्क उठाउन कुनै अनुमति नदिएको जनाएको छ।
- त्रिविले यस सम्बन्धमा कुनै सम्झौता नगरेको र शुल्क उठाउने कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
काठमाडौँ । एनपीएल खेल हेर्न आएका दर्शकबाट पार्किङ शुल्क उठाइएकाे विषयमा त्रिभुवन विश्वविद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज इक सूचना जारी गर्दै विश्वविद्यालयले भनेको छ– 'त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसर भित्र रहेको क्रिकेट रङ्गशालामा नेपाल क्रिकेट सङ्घद्वारा सञ्चालित एनपीएल खेल हेर्नको लागि सहभागी दर्शकहरूले प्रयोग गरेका सवारी साधनहरू रङ्गशालाको आसपासको विश्वविद्यालयको जग्गामा पार्किङ गरे बापत शुल्क लिएको भन्ने कुरामा त्रिविको गम्भीर ध्यानाकर्षण भएको छ ।'
शुल्क पार्किङ सम्बन्धमा त्रिविद्वारा कुनै पनि व्यक्ति, सङ्घ, संस्थाहरूसँग कुनै सम्झौता नगरेको र अनुमति समेत नदिएको सूचनामा उल्लेख छ ।
अधिकृत पार्किङको विषयमा रातोपाटीले समाचार प्रकाशन गरेपछि चौतर्फी चासोको विषय बोको थियो । हाल एनपीएलका दर्शकसँग पार्किङ शुल्क उठाउन छाडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण