मुख्यमन्त्री यादवले गर्ने अति आवश्यक बाहेक सबै काम रोक्न माग
सारांश
- मधेस प्रदेशमा आन्दोलनरत ७ दलले मुख्यमन्त्री यादवलाई अदालतको निर्णय नआएसम्म काम रोक्न माग गरेका छन्।
- सात दलले मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै सर्वोच्च अदालतको मुद्दा टुंगो नलागेसम्म कुनै पनि निर्णय नगर्न आग्रह गरेका हुन्।
- अदालतको फैसला नआउँदासम्म नयाँ योजना, नियुक्ति, बजेट खर्च र नीति निर्णयजस्ता गतिविधि रोक्न सात दलको माग छ।
जनकपुरधाम । मधेस प्रदेशमा आन्दोलनरत ७ दलले वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले अदालतको निर्णय नआउँदासम्म तलब, भत्ता र अति आवश्यक सेवाबाहेक सबै काम रोक्न माग गरेका छन् ।
शुक्रबार सात दलका प्रतिनिधिहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिवलाई ध्यानाकर्षणपत्र बुझाउँदै सो माग गरेका हुन् । ती दलले सर्वोच्च अदालतमा चलिरहेको मुद्दा टुङ्गिनुअघि प्रदेश सरकारलाई कुनै पनि निर्णय, नियोजन वा कार्यान्वयन नगर्न समेत आग्रह गरेका छन् ।
ध्यानाकर्षणपत्रमा मधेस प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले कुनै काम नगर्न आग्रह गरिएको छ ।
अदालतले अन्तिम फैसला नदिउन्जेल प्रदेश सरकारले सामान्य प्रशासनिक कामबाहेक नयाँ योजना, नियुक्ति, बजेट खर्च, नीति निर्णयजस्ता गतिविधि रोक्नुपर्ने सात दलको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण