एनआरएनए इटालीको अध्यक्षमा उप्रेती चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इटालीको हालै सम्पन्न नवौं अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको छ ।
निर्वाचन संयोजक नारायण डिसीका अनुसार अशोक उप्रेती अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ भने आईसीसी सदस्यमा भवेश कुमार सिंह निर्विरोध रूपमा विजयी भएका छन् ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा निर्जम पुर्जा, महासचिवमा उमेश गुरुङ, सचिवमा रविन्द्र अर्याल, कोषाध्यक्षमा दिर्घा थापा, सह–कोषाध्यक्षमा बिना मंग्राती चयन भएका छन् । त्यस्तै, महिला संयोजकमा लक्ष्मी उप्रेती, युवा संयोजकमा विजय राना तथा सदस्यहरूमा गैरे सिंह डोबाल, उर्मिला कार्की न्यौपाने र सिरज कार्की निर्विरोध रूपमा चयन गरिएको छ ।
एनआरएनए इटालीको नवौं अधिवेशन २०२५ नोभेम्बर ९ मा मिलान शहरमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली वाणिज्य दूतावास रोमका वाणिज्यदूत पाओलो नुगारी प्रमुख अतिथि थिए । त्यसैगरी एनआरएनए युरोप संयोजक प्रेम गुरुङ र एनआरएनए इटलीका संस्थापक अध्यक्ष डा.भीम बहादुर बम विशेष अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमको सभापतित्व संघका २०२३–२०२५ कार्यकालका अध्यक्ष भवेश कुमार सिंहले गरेका थिए । अधिवेशन सफलताको अवसरमा नेपाली राजदूतावास स्वीट्जरल्यान्डका राजदूत राम प्रसाद सुवेदीले पठाएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण