धवलागिरीका तीन सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सारांश
- धवलागिरी गाउँपालिकाका विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरियो।
- चन्द्र–लोक शैक्षिक कोषले विपन्न विद्यार्थीलाई सहयोग गर्यो, जसमा कापी र कलम थिए।
- कोषले विगत चार वर्षदेखि विद्यार्थीलाई शैक्षिक सामग्री दिँदै आएको छ।
म्याग्दी । धवलागिरी गाउँपालिकामा रहेका ११ वटा माध्यमिक विद्यालयका तीन सय जनाभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
धवलागिरि गाउँपालिका–७ धारापानीका स्वर्गीय लोकबहादुर थापा र आमा चन्द्रकली थापाका नाममा उनका सन्तानले स्थापना गरेको चन्द्र–लोक शैक्षिक कोषमार्फत जेहेन्दार, विपन्न र अनाथ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
प्रतिविद्यार्थी रु सात सय २० मूल्यबराबरको छवटा कापी र छवटा कलमका दरले तीन सय १० जनालाई रु दुई लाख २३ हजार २०० मूल्यबराबरको शैक्षिक सामग्री सहयोग गर्यो, कोषका अध्यक्ष अर्जुन थापाले जानकारी दिए ।
जनकल्याण मावि गुर्जा, लमसुङ मावि, धवलागिरि मावि मुना, धनजनता मावि फलियागाउँ, बुद्धिविकास मावि मुदी, चन्द्रज्योति मावि खिवाङ, जनजागृति मावि मल्कवाङ, जनविकास मावि मराङ, किसानी चन्द्रकुन्ता मावि धारापानी, ताकम मावि र हेम नमूना आवासीय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कक्षा १ देखि १० सम्म वार्षिक परीक्षामा प्रथम भएका, विद्यालयले सिफारिस गरेका विपन्न र अनाथ विद्यार्थी छनोट गरेर पठनपाठनमा सहजताका लागि शैक्षिक सामग्री वितरण गरिएको थापाले बताए । कोषले चार वर्षदेखि धवलागिरि गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण