युवाहरूको आन्दोलनले नयाँ ऊर्जा दियो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताएका छन् ।
वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताएका हुन् । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताए । उनले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गरे । भ्रष्टाचारविरोधी आन्दोलनका लागि उनले युवाहरुलाई धन्यवाद समेत दिए ।
उनले भने, ‘भ्रष्टाचार अहिले यो देशका निम्ति एउटा दुर्भाग्यको रूपमा, बडो विकराल परिस्थितिका रूपमा भ्रष्टाचारको समस्या देखिएको छ । हामी भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा होस् या सडकमा हुँदा, हामीले आवाज उठाउने कोशिस ग-यौं, तर हाम्रो आवाज जति व्यापक रूपमा सुनिनुपथ्र्यो, सुनिएन । म जेनजी युवाहरूलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरूले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा र स्वतन्त्रताका पक्षमा जसरी २३, २४ मा आवाज उठाइदिनुभयो, हामीले उठाउँदै गरेको भ्रष्टाचार विरोधी अभियानमा, हामीले उठाउँदै गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तपाईंहरूको आवाजले हामीलाई राम्रै ऊर्जा प्रदान गर्यो । त्यसको लागि तपाईंहरू सबैलाई धन्यवाद भन्न चाहन्छु ।’
उनले राष्ट्र पहिलो भन्ने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर देश निर्माणमा लाग्नुपर्नेमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण