निजी तथा आवासीय विद्यालयमा नेपाली भाषा बोल्दा सजाय दिने कार्य रोक्न सर्वोच्चको परमादेश
सारांश
- सर्वोच्च अदालतले निजी विद्यालयभित्र नेपाली भाषा बोल्दा दण्ड सजाय दिने कार्य रोक्न परमादेश जारी गरेको छ।
- निजी विद्यालयमा अङ्ग्रेजी अनिवार्य बोल्नुपर्ने व्यवस्था हटाउन र नेपाली भाषा प्रयोगमा रोक लगाउन नहुने आदेश दिएको छ।
- न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
काठमाडौँ । सर्वोच्च अदालतले निजी तथा आवासीय विद्यालय परिसरभित्र नेपाली भाषा बोल्दा विद्यार्थीलाई दण्ड सजाय दिने कार्य रोक्न परमादेश जारी गरेको छ । निजी विद्यालय परिसरभित्र अनिवार्य अङ्ग्रेजी बोल्नुपर्ने व्यवस्था हटाउन र नेपाली भाषा बोल्दा बालबालिकालाई मानसिक तनाव दिने र अपमान गर्ने कार्य नगर्न सर्वोच्चले शिक्षा मन्त्रालय, प्याब्सनसहितको नाममा आइतबार परमादेश जारी गरेको हो ।
कानुनका विद्यार्थी आयुष बडालसहितले दायर गरेको रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले निजी विद्यालय परिसर भित्र नेपाली भाषा बोल्दा बालबालिकालाई सजाय दिने कार्य नगर्ने र अङ्ग्रेजी भाषा अनिवार्य बोल्न पर्ने दबाब विद्यार्थीलाई नदिन विपक्षीका नाममा परमादेश जारी गरेको हो । साथै प्याब्सन मातहतका निजी विद्यालयमा नेपाली भाषा प्रयोग गरे वापत सजाय दिने भनी कुनै नीति निर्देशन भए त्यस्तो सर्कुलर समेत कार्यान्वयन नगर्न भनेको छ ।
बडालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,शिक्षा मन्त्रालय, निजी तथा आवासीय विद्यालय अग्रनाइजेशन प्याब्सन काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
अङ्ग्रेजी भाषालाई मात्रै शैक्षिक ज्ञान आदानप्रदान गर्ने माध्यमको रूपमा प्रयोग गर्दै आइरहेको उनले रिटमा उल्लेख गरेका थिए । साथै उनले निजी विद्यालयले विद्यालय परिसरभित्र नेपाली भाषा प्रयोगमा प्रतिबन्ध लगाउने, बोल्दा जरिवाना गराउने, अपमान गर्ने र मानसिक तनाव दिने कार्य गरेको भन्दै रिट दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण