तिलकोत्सवका लागि राम मन्दिरमा भव्य तयारी
धनुषा । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज (आइतबार) आयोजना गरिने तिलकोत्सवका लागि जनकपुरधामको राम मन्दिरमा भव्य तयारी भइरहेको छ।
त्रेतायुगमा भगवान् राम र माता सीताको विवाहको स्मरणमा हरेक वर्ष मनाइने यस महोत्सवको महत्वपूर्ण विधि तिलकोत्सवलाई भव्य र व्यवस्थित बनाउन महावीर युवा कमिटी, स्थानीय निकाय र मन्दिर व्यवस्थापन पूर्ण रूपमा सक्रिय छन्।
आयोजकका अनुसार जानकी मन्दिरबाट ‘पाहुर’ लिएर जानकी मन्दिरका महन्थ राम मन्दिरसम्म पुग्नेछन्। त्यसपछि राम मन्दिरको प्राङ्गणमै मुख्य तिलकोत्सव विधि सम्पन्न गरिने महावीर युवा कमिटीका महासचिव भरत साहले जानकारी दिए।
तिलकोत्सवको विशेष आकर्षणमा हरेक वर्षझैँ जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्दै जनकपुरस्थित राम मन्दिरका महन्थबीच हुने ‘समधी मिलन’ रहेको छ। दुवै पक्षबीच हुने हास्य–व्यङ्ग्य मिश्रित संवाद तथा सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई झनै मनोरञ्जक बनाउने परम्परा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण