जेनजी आन्दोलनमा जलेको तिनकोरिया प्रहरी बिट पुनः सञ्चालनमा
सारांश
- विदेह नगरपालिकाको तिनकौरिया बजारमा रहेको प्रहरी बिट स्थानीय पहलमा पुनः सञ्चालनमा आएको छ।
- जेनजी आन्दोलनको आगलागीपछि क्षतिग्रस्त प्रहरी बिटको सरसफाइ स्थानीय युवा, व्यापारी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा भयो।
- प्रहरीले बिट पुनः सञ्चालनपछि बजार क्षेत्रमा सुरक्षा सेवालाई थप प्रभावकारी बनाउने जनाएको छ।
जनकपुरधाम । विदेह नगरपालिकाको गिधा प्रहरी चौकी मातहतमा पर्ने तिनकौरिया बजारको प्रहरी बिट पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका क्रममा लागेको आगलागीपछि महिनौँदेखि अवरुद्ध रहेको सो प्रहरी विट स्थानीय युवा, व्यापारी तथा सुरक्षाकर्मीको संयुक्त पहलमा आइतबार बिहान सरसफाइपछि पुनः प्रयोगमा ल्याइएको हो ।
स्थानीय युवाहरूले आगोले क्षतिग्रस्त भएको भवनको अवशेष हटाउने, भित्तामा लागेको धुवाँ मेट्ने, फोहोर हटाउने लगायतका काममा जुटेका छन् । व्यापारीहरूले सरसफाइका लागि आवश्यक सामग्री सहयोग गरेका छन् भने प्रहरीले संरचनात्मक जोखिमको मूल्याङ्कन गर्दै आवश्यक उपकरणहरू जडानको तयारी अघि बढाएको छ ।
प्रहरीले बिट पुनः सञ्चालनपछि तिनकौरिया बजार क्षेत्रमा सुरक्षा सेवा थप प्रभावकारी रूपमा प्रदान गर्ने जनाएको छ । प्रहरी बिट पुनः खुल्न लागेकोमा स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण