सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्र बैंकले गर्‍यो दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द

आइतबार, ०७ मङ्सिर २०८२, १४ : ४५
आइतबार, ०७ मङ्सिर २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले काठमाडौँका दुई वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।

इजाजतपत्र रद्द हुने कम्पनीहरूमा काठमाडौँ महानगरपालिका ११ सुन्धारा क्षेत्रमा सञ्चालित लर्ड बुद्ध मनि एक्सचेञ्ज प्रा.लि. र स्तुपा मनिचेञ्जर प्रा.लि. रहेका छन् । 

राष्ट्र बैंकका अनुसार ती मनिचेञ्जरहरूले ‘नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को पालना गरेका छैनन् ।

विनियमावलीको विनियम १९ को उप–विनियम (३) मा इजाजतपत्रको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, यी दुवै कम्पनीले तोकिएको उक्त समयसीमाभित्र आफ्नो इजाजतपत्र नवीकरण गर्न नसकेकोले राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब यी कम्पनीहरूले मनिचेञ्जरसम्बन्धी कारोबार गर्न पाउने छैनन् ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप