कारले ठक्कर दिँदा एक जनाको मृत्यु
आइतबार, ०७ मङ्सिर २०८२, १७ : ०१
सारांश
- धनुषाको मिथिला नगरपालिकामा कारले ठक्कर दिँदा एक महिलाको मृत्यु भयो ।
- दुर्घटनामा मृतकका श्रीमान घाइते भए, प्रहरीले जानकारी दियो ।
- प्रहरीले कार र चालकलाई नियन्त्रणमा लियो ।
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ हजराचौक जनकपुर ढल्केवर सडक खण्डमा आइतबार कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएकाे छ ।
बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए ।
दुर्घटनामा महतोका श्रीमान ५० वर्षे राजकुमार घाइते भएका छन्। ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिएर ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण