बसपार्क घटना : ५ सय सापटी फिर्ता नगरेपछि हत्या, मृतक महिला
सारांश
- काठमाडौंको नयाँ बसपार्कमा एक महिलाको शव फेला परेको छ, प्रारम्भिक अनुसन्धानले हत्याको पुष्टि गरेको छ।
- प्रहरीले हत्या आरोपमा उदयपुरका एक युवकलाई पक्राउ गरेको छ, जसले मृतकलाई ५०० रुपैयाँको विषयमा विवाद भएको बताएका छन्।
- प्रहरीका अनुसार मृतक महिलाको घाँटी थिचेर हत्या गरिएको थियो, र उनको पहिचान खुलाउने प्रयास भइरहेको छ।
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा शनिवार एउटा शव भेटियो । अनुसन्धान अधिकृतहरूले सुरुमा शव तेस्रो लिंगीको भएको आकलन गरेका थिए । तर, सो शव महिलाको भन्ने पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले प्रारम्भिक जाँच पश्चात् शव महिलाको भएको अनुसन्धान अधिकृतहरूलाई जानकारी गराएका छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन ।
हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा उदयपुर घर भएका सूर्य मगर छन् । शनिबार नयाँ बसपार्क नजिकै सडकमा तन्नामा पोको पारेर फालिएको शवको पहिचान खुलाउने प्रयास भइरहेको छ ।
आरोपी सूर्य मगर बसपार्कस्थित एक होटलका भान्से हुन् । मृतक महिलालाई उनले ५ सय रुपैयाँ सापटी दिएका थिए । सो सापटी रकम फिर्ता माग्दा नदिएपछि ‘विवाद’ भएको र त्यसपछि उनले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार मृतकको घाँटी थिचेर सुर्यले हत्या गरेका हुन् ।
मृतक महिलाले आफूसँग कुरा हुँदा उनको घर रुकुम बताएको पक्राउ परेका युवकले प्रहरीसँग बताएका छन् । तर, महिलाको पहिचान खुलाउने प्रयास भइरहेको काठमाडौँका एसएसपी रमेश बस्नेतले बताए ।
घटनाबारे जानकारी गराउन जिल्ला प्रहरी परिसर काठमाडौँले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण