सिमरा खानेपानीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल विजयी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले बाराको सिमरा खानेपानीमा नयाँ कार्यसमितिमा जित हासिल गरेको छ।
- एमालेको ३ दशक लामो नेतृत्व तोड्दै, युवराज न्यौपाने अध्यक्षमा निर्वाचित भए।
- निर्वाचनमा ५ हजार ५ सय उपभोक्ताहरू मध्ये पाका उमेरका मतदाताको बाहुल्यता थियो।
बारा । बाराको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल नै विजयी भएको छ । सोमबार बिहान ४ बजे सम्पन्न भएको मतगणनामा ११ जनाको नयाँ कार्यसमितिका सम्पूर्ण पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल विजयी भएको हो ।
३ दशकसम्म एमालेको नेतृत्वमा रहेको सिमरा खानेपानी पहिलो पटक एमाले विहीन भएको हो । आज बिहान सम्पन्न मतगणनामा अध्यक्षमा युवराज न्यौपाने, उपाध्यक्षमा हरिप्रसाद सिम्खडा, सचिवमा अमृत बस्याल, सहसचिवमा कृष्णकुमार रिमाल, कोषाध्यक्षमा रामकुमार अर्याल, महिला सदस्यहरूमा दिलुमाया तमाङ, सुष्मा पण्डित र खुला सदस्यहरूमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्रेष्ठ, जागेश्वर पौडेल सूर्यसिंह क्षेत्री रहेका छन् ।
सो संस्थामा जीतपुर सिमरा उपमहानगरका वडा नम्बर १, २, ३, ४ र ५ का गरी ५ हजार ५ सय उपभोक्ता रहेका छन् । शनिवार भएको निर्वाचनमा अध्यक्षमा एमाले, कांग्रेस, माओवादी सहितका अन्य दलहरूले अध्यक्षमा ५ जना सहित ५२ जना उम्मेदवार उठाएका थिए ।
१६ वर्षसम्म एमाले नेता कासिम हुसेनको नेतृत्वमा रहेको सो संस्थाले ५ वटा वडामा आधा दर्जन खानेपानी ट्ंयाकी निर्माण गरेर उपभोक्ताको घरसम्म सहज ढङ्गले खानेपानीको प्रबन्ध गरेको थियो । करिब ४ करोड नगर मौजाद रकम रहेको सो संस्थामा नेतृत्व लिनेको होडबाजी नै थियो ।
सिमरा कलेजका निवर्तमान प्रमुख सुमन भट्टराईले पाका उमेरका मतदाताहरूले पनि अब नेतृत्वमा परिवर्तन चाहेको र नयाँ अनुहार खोजेको टिप्पणी गरेका छन् । ‘बुढा पाका उमेरका उपभोक्ताहरूले पनि अब परिवर्तन खोजेका छन्, एउटा सफल संस्थाको नेतृत्व पाउनु उहाँहरूको लागि अवसर र चुनौती दुवै हो’ सिमराका कलेजका प्रमुख भट्टराईले भने– ‘निर्वाचित कार्यसमितिले ४ वर्षको लागि इमानदारीपूर्वक काम गरेर देखाउन सक्नुपर्छ ।’
सिमरा खानेपानीमा घरधनीको नाममा खानेपानीको धारा जडान हुने र धाराकाे नाममा भएको व्यक्ति मात्रै मतदानमा सहभागी हुन पाउने भएकाले पाका उमेरका उपभोक्ताहरू मात्र मतदाता रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण