कुमारी बैंक र बन्दीपुर केबलकारबिच छुट सम्बन्धी सम्झौता
काठमाडौँ। कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एन्ड टुरिजम लिमिटेडबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले बन्दीपुर केबल कार एन्ड टुरिजमबाट उपलब्ध गराइने केबलकार टिकट, स्काई साइक्लिङ, जिपलाइन टिकट तथा डाइभ–इन रेष्ट्रोको सेवामा १३ प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतामा बैंकतर्फबाट गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारतर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले मिति २०८२/०८/०७ मा हस्ताक्षर गरेका हुन्।
२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाई मार्फत ग्राहकलाई आधुनिक र प्रभावकारी सेवा दिँदै आएको उल्लेख गर्दै, आगामी दिनमा पनि सेवा सहज र उत्कृष्ट बनाउन थप सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण