कञ्चनपुरको हुलाकी सडक ८ वर्षदेखि अधुरै
सारांश
- कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्य ८ वर्ष बितिसक्दा पनि अधुरै रहेको छ।
- ६२ किलोमिटर सडकमध्ये ५० किलोमिटर मात्र कालोपत्रे भएको छ, बाँकी १२ किलोमिटरको काम अझै बाँकी छ।
- सडक निर्माणमा ढिलाइ हुनुको मुख्य कारण ठेकेदारको ढिलासुस्ती र भारतसँगको सीमा विवाद हो।
महेन्द्रनगर । तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो । तीन वटा प्याकेजमा ठेक्का दिएर थालिएको निर्माण निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटक/पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो ।
कूल ६२ किलोमिटर सडकमध्ये हालसम्म ५० किलोमिटर मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन वटा प्याकेजमध्ये दोस्रो प्याकेजको करिब १२ किलोमिटर हुलाकी सडक कालोपत्रे हुन नसकेको उनी बताए ।
“दोस्रो २२ किलोमिटरको प्याकेजमा एक हजार १ सय मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन”, उनी भन्छन्, “२२ किलोमिटरको अन्तिम प्याकेज निर्माणको अन्तिम चरणमा छ ।”
त्यसैगरी सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणसमेतका लागि गरेर चालु आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरुलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीसमेत रहेको धनगढी बजार आवागमनमा सहजता थपिएको छ ।
“वर्षौंसम्म हिलो र थुलो खाएर यात्रा गर्नुपरेको थियो”, बेलौरीका शिक्षक केशव विष्टले भने, “अढाइ वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापर्वाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपरेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण