जनमुक्ति सेनाको औपचारिक घोषणापछि राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु भयो : जनार्दन शर्मा
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले माओवादी जनमुक्ति सेनाको घोषणापछि राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु भएको बताए।
- उनले जनमुक्ति सेनालाई जनयुद्धका मूल्य, सहिदको बलिदान र सामाजिक न्यायको प्रतीकको रूपमा चित्रण गरे।
- शर्माले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र अङ्गभङ्ग भएकाहरूको सम्मानको लागि प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक जनार्दन शर्माले माओवादी जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु भएको बताएका छन् ।
सोमबार २४ औँ जनमुक्ति दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले जनमुक्ति सेना जनयुद्धका मूल्य, सहिदहरूको बलिदान र सामाजिक न्यायप्रतिको प्रतिबद्धताको प्रतीक भएको स्पष्ट पारे ।
‘आज मङ्सिर ८, अर्थात जनमुक्ति सेना दिवस । २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु भयो । यो दिवस जनयुद्धका मूल्य, शहीदहरूको बलिदान र सामाजिक न्यायप्रतिको प्रतिबद्धताको प्रतीक हो’, उनले भनेका छन् ।
शर्माले सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते एवम् अङ्गभङ्ग भएकाहरूको उचित सम्मान र सम्मानपूर्ण जीवन यापन गर्नको निम्ति बाँकी कार्यभार पूरा गर्ने सङ्कल्प सहित परिवर्तनका लागि समर्पित सबै योद्धाहरूप्रति सम्मान व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण