वीरू’को अन्तिम बिदाईमा भावुक भए ‘जय’
नयाँ दिल्ली । चर्चित बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ ।
विले पार्लेको शमशान घाटमा अभिनेताका जेठा छोराले उनलाई मुखाग्नि दिएका छन् । उनको अन्त्येष्टिमा बलिउडका धेरै सेलिब्रेटीहरू उपस्थित थिए । यस क्रममा त्यहाँ अभिनेताको चर्चित फिल्म ‘शोले’का जय अर्थात् अमिताभ बच्चन पनि थिए । अमिताभ निकै भावुक देखिएका थिए ।
धर्मेन्द्रको निधनपछि फिल्म मेकर करण जोहरले पनि शोक व्यक्त गरेका थिए । अभिनेताको शव बोकेको एम्बुलेन्सको तस्बिर र भिडिओहरू सामाजिक सञ्जालमा पनि भाइरल भइरहेका छन् ।
यसअघि अभिनेतालाई नोभेम्बर १ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई नोभेम्बर १२ मा डिस्चार्ज गरिएको थियो । त्यति बेला नै धर्मेन्द्रको निधन भएको खबरमा पछि भारतीय सञ्चारमाध्यमसहित कैयौँ सेलिब्रेटीले माफी नै मागेका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि उनको घरमै हेरचाह भइरहेको थियो ।
धर्मेन्द्रको निधनपछि बलिउडमा शोकको लहर छाएको छ । उनको मृत्युले भारतीय सिनेमालाई ठुलो धक्का लागेको छ ।
उनको स्वास्थ्य लामो समयदेखि गम्भीर रहेको बताइएको थियो । फ्यानहरूले त्यतिबेलादेखि नै धर्मेन्द्रका लागि प्रार्थना गरिरहेका थिए । तर सोमबार उनको निधन भयो । अभिनेताका फ्यानहरू यो खबरले स्तब्ध भएका छन् । सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जलिको ओइरो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण