‘बिजनेस भिसा’ मा नेपाल आएर चर्चमा प्रवचन दिने फिलिपिनी दम्पत्ती देश निकाला

काठमाडौं– गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले पछिल्लो पटक २०७४ मंसिर पहिलो साता नेपाल आएका दुई फिलिपिनी दम्पत्तीलाई देश निकाला गरेको छ ।
व्यवसायिक प्रवेशाज्ञा (बिजनेस भिसा) लिएका फिलिपिन्सका नागरिक डिभेरा रिचार्ड र रिता गोङ्गालाई विभागले एक बर्ष नेपाल प्रवेशमा प्रतिवन्ध लगाउँदै देश निकाला (डिपोर्ट) गरेको हो ।
‘डिभेरा रिचार्ड र रिता गोङ्गाले जुन प्रयोजनको लागि भिसा लिएका थिए त्यो भिसाको दुरुपयोग भएको पाइयो’ अध्यागमन विभागका डिजी दिपक काफ्लेले भने, ‘भिसा दुरुपयोग गरेको पुष्टि भएपछि उनीहरुलाई हामीले डिपोर्ट गरेका हौं ।’
एक वर्षको व्यवसायिक भिसामा नेपाल प्रवेश गरेका फिलीपिनी नागरिक डिभेरा र इन्डोनेशियाकी रिता गोङ्गाले धर्म प्रचार गरेको अध्यागमन स्रोतले जनाएको छ । डिभेरा र रिता श्रीमान–श्रीमती हुन् ।
पछिल्लो समय महिना उनीहरु ललितपुरको सातदोबाटो आसपासको एउटा चर्चमा बस्दै आएका थिए । उनीहरुले ललितपुर क्षेत्रमा सञ्चालित विभिन्न चर्चहरुमा प्रवचन दिएर इसाई धर्म प्रचार गरेको ‘सुरक्षा रिपोर्ट’ समेतका आधारमा गृह मन्त्रालयले अध्यागमन विभागलाई छानविन गरेर कारवाही गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि विभागले उनीहरुलाई धर्म प्रचार गरेको आरोपमा नेपालबाट फिलिपिन्स डिपोर्ट गरेको हो ।
ईसाइ धर्म प्रचारमा संलग्न भएको आरोपमा विदेशीलाई गृह मन्त्रालयले देश निकाला गरेको यो पहिलो घट्ना भएको अध्यागमनका अधिकारीहरु बताउँछन् । अर्धन्यायिक निकाय समेत रहेको अध्यागमनले फिलिपिनी दम्पत्तीलाई १०–१० हजार नेपाली रुपैयाँ जरिवाना समेत गरेको छ । पछिल्लो समय ललितपुरमा चर्चको संख्या बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
-
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड
-
दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा, आजबाट तारा राजावादी तर्फबाट बहस हुँदै
-
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
-
एआई विरुद्ध २१औँ शताब्दीमा ‘लुडाइट’ आन्दोलनको खतरा
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश