अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
सारांश
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिको बीचमा दरार खोज्नेहरू निराश हुने बताए।
- उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्बन्ध सुमधुर हुनुपर्ने र सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए।
- मौद्रिक सुशासनमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै उनले सुशासन प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजी गर्नेहरू आउने दिनमा निराश हुने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मौद्रिक नीति र वित्त नीतिबिचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बिचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरबिचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताए ।
उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका बिचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको जिकिर गरे । यी दुई संस्था र पदाधिकारीका बिचमा जीवन्त र घनिष्ठ सम्बन्धको अपेक्षा गरिएको उनले उल्लेख गरे ।
उचित संयोजन र सन्तुलन कायम हुन सके, पारस्परिक सम्बन्ध हार्दिक हुन सके र एकले अर्काका विषयहरू सुन्ने, बुझ्ने र सघाउने उद्देश्यका साथ अघि बढ्न सके समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यी दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पर्ने बताए ।
मौद्रिक नीति र वित्त नीतिमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने नभई यी दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधान उन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्ने र मुलुकको अर्थतन्त्र गतिशील बनाउन प्रयास गर्ने उनले बताए ।
मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरू उठ्ने गरेको बताउँदै अर्थमन्त्री पौडेलले सुशासनका प्रश्नमा कतै न कतै चुक्ने गरेको जिकिर गरे । उनले सुशासन प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा बुझेर समस्या समाधान गर्न आवश्यक रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण