बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तीनकुने घटना

दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा, आजबाट तारा राजावादी तर्फबाट बहस हुँदै

मङ्गलबार, २७ जेठ २०८२, ११ : ३५
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • दुर्गा प्रसाईंको तर्फबाट कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुग्यो, वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्दैछन्।
  • प्रसाईंसँगै अन्य प्रतिवादी रामेछापका सरोज गौतमको तर्फबाट पनि बहस सुरु हुनेछ, गौतम आगजनीमा संलग्न रहेको आरोप छ।
  • तीनकुनेमा भएको घर आगजनीमा पत्रकार सुरेश रजको मृत्यु भएको थियो, हाल मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुगेको छ ।

मंगलबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रसाईँको तर्फबाट अन्तिम बहस गर्दै छन् । यसअघि प्रसाईँको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लव कुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुका देवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए । 

रमन श्रेष्ठले बहस सकेपछि मंगलबारबाट अर्का प्रतिवादी रामेछाप घर भएका तारा राजावादी भन्ने सरोज गौतम तर्फका कानुन व्यवसायीले बहस सुरु गर्ने भएका छन् । 

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–१ सिमपानी घर भएका गौतम तीनकुनेमा घर आगजनीमा संलग्न थिए । गौतम सहित दुईजनाले आगजनी गरेको घरमा जलेर पत्रकार सुरेश रजले ज्यान गुमाएका थिए । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ । राज्य विरुद्ध र ज्यान सम्बन्धी कसुरका  ५० जना प्रतिवादीहरू मध्ये प्रसाईँ सहित ३९ जना थुनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप