दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा, आजबाट तारा राजावादी तर्फबाट बहस हुँदै
सारांश
- दुर्गा प्रसाईंको तर्फबाट कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुग्यो, वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्दैछन्।
- प्रसाईंसँगै अन्य प्रतिवादी रामेछापका सरोज गौतमको तर्फबाट पनि बहस सुरु हुनेछ, गौतम आगजनीमा संलग्न रहेको आरोप छ।
- तीनकुनेमा भएको घर आगजनीमा पत्रकार सुरेश रजको मृत्यु भएको थियो, हाल मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुगेको छ ।
मंगलबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रसाईँको तर्फबाट अन्तिम बहस गर्दै छन् । यसअघि प्रसाईँको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लव कुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुका देवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।
रमन श्रेष्ठले बहस सकेपछि मंगलबारबाट अर्का प्रतिवादी रामेछाप घर भएका तारा राजावादी भन्ने सरोज गौतम तर्फका कानुन व्यवसायीले बहस सुरु गर्ने भएका छन् ।
रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–१ सिमपानी घर भएका गौतम तीनकुनेमा घर आगजनीमा संलग्न थिए । गौतम सहित दुईजनाले आगजनी गरेको घरमा जलेर पत्रकार सुरेश रजले ज्यान गुमाएका थिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ । राज्य विरुद्ध र ज्यान सम्बन्धी कसुरका ५० जना प्रतिवादीहरू मध्ये प्रसाईँ सहित ३९ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण