आइसक्रिममा माउसुली भेटिएपछि...

समाचार सारांश
- लुधियानाको ग्यासपुरामा एक बालकले आइसक्रिममा माउसुली भेटेपछि हंगामा मच्चियो।
- बालकले आइसक्रिम खाएपछि माउसुली देखेपछि अस्पताल लगियो, अहिले उनको अवस्था सामान्य छ।
- स्थानीय बासिन्दाले आइसक्रिम विक्रेतालाई समाते, स्वास्थ्य विभागले आइसक्रिमको नमुना संकलन गर्दैछ।
नयाँ दिल्ली । लुधियानाको ग्यासपुराको सुन्दर नगरमा आइसक्रिममा माउसुली भेटिएपछि हङ्गामा मच्चिएको छ । एक जना सात वर्षीय बालकले सडकमा आइसक्रिम बेच्न बसेका व्यक्तिसँग २० भारुको दुई वटा चोको बार आइसक्रिम किनेका थिए ।
बच्चाले घर लगेर आइसक्रिम खान थाले । आधा आइसक्रिम खाइसकेपछि माउसुली देखियो । बच्चाले डराएर तत्कालै आफ्नी हजुर आमालाई जानकारी गरे । बच्चाको अवस्था बिग्रन नदिन उसलाई तुरुन्तै निजी अस्पताल लगियो । अहिले बच्चाको अवस्था ठिक भएको बताइएको छ ।
घटनापछि स्थानीय मानिसहरूले आइसक्रिम विक्रेतालाई समातेका थिए । यद्यपि, विक्रेताले आइसक्रिम कम्पनीबाट प्याक गरेर आउँछ भन्दै आफ्नो बचाउ गरेका थिए । बच्चाकी हजुरआमाले अनुरोध गरे पनि बिक्रेताले आइसक्रिम बेच्न छाडेनन् ।
त्यसपछि स्थानीय मानिसहरूले उनलाई फेरि समाते । घटनाको जानकारी बाहिर आएपछि जिल्ला स्वास्थ्य कार्यालयले सोमबार आइसक्रिमको नमुना सङ्कलन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते