युक्रेनमा रुसको सबैभन्दा ठूलो आक्रमण, रातारात ४७९ ड्रोन प्रहार
सोमबार, २६ जेठ २०८२, १५ : ३१
सारांश
- रुसले युक्रेनमा ठूलो आक्रमण गरेको छ, जसमा ४७९ ड्रोन र २० वटा मिसाइल प्रयोग गरिएका थिए।
- युक्रेनले यो आक्रमणलाई युद्ध सुरु भएपछिको सबैभन्दा ठूलो आक्रमणको रूपमा दाबी गरेको छ।
- संयुक्त राष्ट्रसंघका अनुसार, युद्धमा १२ हजारभन्दा बढी युक्रेनी नागरिकको मृत्यु भएको छ।
किभ । रुसले युक्रेनमा निकै ठुलो आक्रमण गरेको छ । यो युक्रेन युद्ध सुरु भएदेखि रुसको सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनले गरेको छ । रुसले रातारात भारी बमबारी गरेको बताइएको छ । यस क्रममा रुसले युक्रेनमा ४७९ ड्रोन प्रहार गरेको छ ।
ड्रोन बाहेक युक्रेनका विभिन्न क्षेत्रमा विभिन्न प्रकारका २० वटा मिसाइल प्रहार गरिएको युक्रेनी वायुसेनाले सोमबार भनेको छ । अँध्यारोमा ड्रोनहरू पहिचान गर्न गाह्रो भएकोले आक्रमणहरू सामान्यतया साँझ ढिलो सुरु भएर, बिहान समाप्त हुन्थे । तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको क्रममा रुसले शाहेद ड्रोनहरू प्रयोग गरेर युक्रेनका नागरिक क्षेत्रहरूमा निरन्तर आक्रमण गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यी आक्रमणहरूमा १२ हजार बढी युक्रेनी नागरिकहरू मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण