जलवायु परिवर्तनलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारी
सारांश
- काठमाडौँ विश्वविद्यालय र फाउण्डेशनबीच जलवायु परिवर्तन लगायतका क्षेत्रमा सहकार्य हुने भएको छ।
- दुवै पक्ष मिलेर जलवायु न्यायका मुद्दा उठाउने र संयुक्त अनुसन्धान गर्नेछन्।
- फाउण्डेशनले दिगो पर्यटन र स्थानीय समुदायलाई सशक्त बनाउने काम गर्दै आएको छ।
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्स र साथसाथै फाउण्डेशनबिच जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारीपत्रमा हस्तक्षर भएको छ ।
साेमबार भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्राध्यापक डा वेदमणि दाहालले वातावरणीय पक्षलाई सामाजिक–आर्थिक दृष्टिकोणसँग जोड्न साथसाथै फाउण्डेशनसँगको सहकार्य अत्यन्त महत्वपूर्ण भएको उनी बताउँछन् । उनले संयुक्त अनुसन्धान डिजाइन तथा कार्यान्वयनलगायत सहकार्यका मुख्य क्षेत्रहरू विस्तृत रूपमा स्पष्ट पारे ।
स्कुल अफ साइन्स उपप्राध्यापक स्मृति गुरुङले दुई पक्ष मिलेर व्यावहारिक समाधानमार्फत जलवायु न्यायका मुद्दा उठाउने सक्ने उनी बताउँछिन् ।
साथसाथै फाउण्डेशनका उपाध्यक्ष डा सिद्धार्थ बज्र बज्राचार्यले उनीहरूले दिगो पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायलाई सशक्त बनाउँदै त्यस क्षेत्रका काम गर्दै आएको र संस्थाले अहिलेसम्म गरेका कामहरुको बारेमा प्रकाश पारे ।
साथसाथैका अध्यक्ष प्रजिता कार्कीले उनीहरूले विशेषगरी जलवायु न्यायका स्थानिय विषयलाई अन्तरराष्ट्रिय फोरममा उठाएको बताइन् । साथसाथै फाउण्डेशनले स्थापना कालदेखि नै जलवायु परिवर्तन र वातावरणसँग सम्बन्धित विभिन्न विषयमा खोज, अनुसन्धान, नीति निर्माणमा सहयोग तथा नेपालका एजेण्डालाई अन्तरराष्ट्रियस्तरमा उठाउँदै आएको छ ।
अध्यक्ष कार्कीले यसअघि काठमाडौँ विश्वविद्यालय र फाउण्डेशनको बीचमा कोप–२८ र विश्व वातावरण दिवसको दिन नेपाल कोल एक्जिट कार्यक्रम कार्यान्वयन गरिएको र त्यसलाई निरन्तरता दिइने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण