जेलेन्स्कीले भने– रुसलाई भूमि दिइनु मुख्य समस्या हो
मङ्गलबार, ०९ मङ्सिर २०८२, १४ : १०
किभ । युक्रेनमा शान्ति सम्झौताबारे व्यापक छलफल भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २८ बुँदे सम्झौताका कैयौँ बुँदामा युरोपको विमति छ । सप्ताहन्तमै फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले युक्रेनेलाई भूमि दिन बाध्य पारिए रुसले फेरि अतिक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।
स्विडिस संसद्लाई सम्बोधन गर्ने क्रममा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले शान्ति वार्तामा युक्रेनले सामना गरेको मुख्य समस्या रुसले युक्रेनबाट खोसेको क्षेत्रको कानुनी मान्यता छाड्नुपर्ने माग भएको भनेका छन् ।
यो मागले क्षेत्रीय अखण्डता र सार्वभौमिकताको सिद्धान्तलाई तोड्ने भन्दै बल प्रयोग गरेर सीमा परिवर्तन गर्न नसकिने उनले बताएका छन् । ‘रुसमाथि दबाब दिनुहोस् । रुस अझै पनि मानिसहरूलाई मारिरहेको छ,' उनले सम्बोधन अन्त्य गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण