सामान्य अङ्कले बढ्यो नेप्से, कारोबार रकम घट्यो
काठमाडौँ । नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । निरन्तर दुई दिन बढेको नेप्से मंगलबार पनि ५.३२ अङ्क बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्कले बढेको छ ।
आज कारोबारमा आएका ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार कित्ता सेयर अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
सोमबारको तुलनामा कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो ।
आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर जोशी हाइड्रोपावरको सेयर मूल्य ४.९६ प्रतिशत घटेको छ ।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ । जसमा ४ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.४० प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीको २६ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण