राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप खिच्दै
बुधबार, १० मङ्सिर २०८२, १० : ४५
सारांश
- नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ।
- निक्षेप पुस २३ गतेसम्म रहनेछ, जसमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।
- बोलकबोल आज दिउँसो २ बजेबाट सुरु हुनेछ, जसमा न्यूनतम १० करोड रुपैयाँको बोल गर्नुपर्नेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिचिने भएको हो ।
उक्त निक्षेप पुस २३ गतेसम्म रहने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्नेछ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण