प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान सुरु गर्यो
सारांश
- प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान सुरु गर्यो ।
- यो अभियानले युवा र विद्यार्थीलाई सकारात्मक सोच र नागरिक जिम्मेवारीप्रति प्रेरित गर्ने लक्ष्य राखेको छ ।
- अभियानमा ‘राष्ट्रका लागि सङ्कल्प’ कार्यक्रम र अन्य गतिविधिहरू समावेश छन्।
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ नाराका साथ देशव्यापी शुचिता–जागरण अभियान २०८२ सुरु गरेको छ। विराटनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत् परिषद्ले देशभरका युवा र विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन, इमानदारी र नागरिक जिम्मेवारीतर्फ उन्मुख गराउने उद्देश्यसहित अभियान प्रारम्भ गरेको घोषणा गरेको हो ।
परिषद्ले सामाजिक नकारात्मकतालाई अन्त्य गर्न र सकारात्मक मूल्य–मान्यतालाई पुनःस्थापना गर्दै जिम्मेवार नागरिक निर्माण गर्ने अभियानको ध्येय रहेको छ ।
अभियान अन्तर्गत देशभरका क्याम्पस र समुदायमा ‘राष्ट्रका लागि सङ्कल्प’ कार्यक्रम, साहित्यिक–सांस्कृतिक गतिविधि, पोस्टर र सूचना–सामग्री वितरण तथा ‘नागरिक गोष्ठी’ आयोजना गरिने अभियानका संयोजक दिनेश कार्कीले जानकारी दिए । उनीहरूका अनुसार परिषद्ले युवाबीच नागरिक कर्तव्य र राष्ट्रप्रेमबारे स्पष्ट धारणासहित व्यवहारिक रूपान्तरणतर्फ प्रेरित गर्ने लक्ष्य राखेको छ । संयोजक कार्कीले भने, “देश परिवर्तनको आधार जिम्मेवार नागरिक निर्माण हो । युवा पुस्ताको सकारात्मक चेतना र अनुशासनबोधलाई सुदृढ बनाउँदै जाँदा मात्र राष्ट्र बलियो बन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
दैलेखको ठाटीकाँधका ९७ शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन
-
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण