शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय होटेल व्यवस्थापन ब्रान्ड क्राउन प्लाजा लुम्बिनीमा

बिहीबार, ११ मङ्सिर २०८२, ०६ : ३०
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • लुम्बिनी हेरिटेज लिमिटेडको व्यवस्थापन इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आईएचजी) क्राउन प्लाजाले गर्ने सम्झौता भयो।
  • सम्झौता अनुसार, क्राउन प्लाजाले लुम्बिनीमा विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्नेछ, जसले पर्यटन प्रवर्द्धन गर्नेछ।
  • होटेलमा २ अर्ब ५० करोड लगानी भएको छ र यसले २ सयभन्दा बढी जनशक्तिलाई रोजगारी दिनेछ।

बुटवल । रुपन्देही रहेको लुम्बिनी हेरिटेज लिमिटेड नामक पाँच तारे होटलको व्यवस्थापन सम्हाल्ने गरी इन्टरकन्टिनेन्टल होटेल ग्रुप आइएचजी क्राउन प्लाजाले हेर्ने भएको छ । लुम्बिनी हेरिटेजको व्यवस्थापन क्राउन प्लाजाले सम्हाल्दै यो होटेलमा विश्व स्तरीय आतिथ्य सेवा प्रदान गर्ने सम्बन्धमा आइएचजी र लुम्बिनी हेरिटेजबिच हालै भारतको नयाँ दिल्लीमा दुई पक्षीय सम्झौताको  लुम्बिनी हेरिटेजका प्रबन्ध निर्देशक अनिल प्रसाद श्रेष्ठले बताए  ।

पाँच वर्ष अघि काठमाडौँस्थित होटेल सोल्टीसँगको व्यवस्थापन सम्बन्धी सम्झौताको अवधि सकिएपछि क्राउन प्लाजा नेपालबाट बाहिरिएको थियो । श्रेष्ठका अनुसार हालै नयाँ दिल्लीमा विशेष कार्यक्रमका किच लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्य र आइएचजीका दक्षिण पश्चिम एसिया क्षेत्रका प्रबन्ध निर्देशक सुदिप जैनले यस सम्बन्धी दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार लुम्बिनी हेरिटेजले अब क्राउन प्लाजा लुम्बिनीको नामबाट विश्वसनीय आतिथ्य सेवा प्रदान गर्ने छ । आइएचजीको अन्तर्राष्ट्रिय मुख्यालय बेलायतमा रहेको छ । यसले संसारभरका आठ हजार बढी विश्वसनीय होटेल एण्ड रिसोर्टको व्यवस्थापन अपग्रेड कार्य सञ्चालन गर्दै आएको छ ।

लुम्बिनी हेरिटेजको व्यवस्थापन होटेल व्यवस्थापन क्षेत्रमा विश्वमै सुप्रसिद्ध चेन ब्रान्ड क्राउन प्लाजाले सम्हाल्ने भएपछि लुम्बिनी, चितवन र पोखराको भ्रमणमा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भई नेपालको आर्थिक विकासमा टेवा पुग्ने छ ।

लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्यले आइएचजीसँगको साझेदारीमा लुम्बिनीमा क्राउन प्लाजा लुम्बिनी होटेल सञ्चालनमा ल्याउँदा  गौरवको अनुभूति  भएको बताए। होटेलमा २ अर्ब ५० करोड लगानी भएको छ । यसले २ सय बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिने प्रबन्ध निर्देशक श्रेष्ठले बताएका छन् ।होटेलमा कुल १ सय ४७ कोठा, ७ सुइट, रेस्टुरेन्ट, स्विमीङ्ग पुल, फिटनेस सेन्टर लगायतका आधुनिक सुविधा छन्। छिट्टै क्यासिनो पनि सञ्चालनमा ल्याउने योजनामा रहेको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरबाट १ दशमलव ९ किलोमिटरको दुरीमा स्थापित यो होटेल धार्मिक र व्यापारिक यात्रुको आकर्षणको केन्द्र बन्ने अपेक्षा लिइएको छ।

प्रशस्त विदेशी पर्यटक भित्र्याउँदै लुम्बिनी र गण्डकी क्षेत्रको पर्यटन उद्योगको विकास र विस्तारमा टेवा पुर्याउने उद्देश्यले सिद्धार्थनगर (भैरहवा)मा गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको छ । पाँच वर्ष अघि नेपालबाट बाहिरिएको होटेल व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय चेन ब्रान्ड आइएचजी क्राउन प्लाजा पुनः नेपाल फर्किएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप