सडक बनाउन स्थानीयको दश लाख सहयोग
बिहीबार, ११ मङ्सिर २०८२, ०९ : ३२
म्याग्दी । आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौँमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले रु १० लाख सहयोग गरेका छन् ।
गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको रु रु १० लाख धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पुर्याउन पालिकालाई प्रदान गरिएको हो । यसअघि गुर्जाको ख्याली नाच समूहले रु एक लाख र हिमाली आमा समूहले रु दुई लाख सहयोग गरेका थिए ।
गुर्जामा सडक पुर्याउन सङ्घ सरकारले रु एक करोड ४० लाख, गाउँपालिकाले रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण